दोखुमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जल्यो - Epathivara

ताप्लेजुङ । फुङलिङ नगरपालिका–८ दोखुका पदम पालुंवाको घर जलेर नष्ट भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि तथा निवर्तमान वडा अध्यक्ष समेत रहनुभएका पालुंवाको घरमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष छितिज सुनुवारले जानकारी दिनुभयो ।

आगलागीले तीन तले कच्ची घर पुर्णरुपमा जलेर नष्ट भएको बताईएको छ । आगो समयमै नियन्त्रण नहुँदा घर भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको जनाईएको छ ।

आगलागी हुना साथै स्थानीयले जम्मा भएर आगो नियन्त्रणको प्रयास गरे पनि समयमै नियन्त्रण नहुँदा ठुलो क्षति पुगेको बताईएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर