श्रोत तथा प्रतिनिधी शिक्षकलाई क्षमता अभिवृद्धि तालिम प्रदान - Epathivara

बसन्त लिम्बू । ताप्लेजुङको सिरिजंगा र फक्ताङ्लुङ गाउँपालिकाका १३ जना श्रोत तथा प्रतिनिधी शिक्षकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले तीनदिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । कक्षा कोठामा देखिने समस्या समाधानका लागि सहजिकरण गर्ने उद्धेश्यले थप जिम्मेवारी तोकिएका श्रोत शिक्षकलाई क्षमता विकासका लागि तालिम प्रदान गरिएको रीड नेपालका जिल्ला प्रवन्धक राजेन्द्र पन्तले बताउनुभयो । उहाँका अनुसार शिक्षकले कक्षाकोठामा सिकाएको विषय विद्यार्थीसम्म कसरी पुगेको छ सोको मुल्याङ्कन गर्ने जिम्मेवारी पनि श्रोत शिक्षकलाई हुने गर्दछ ।

तीनदिने अवधीमा हालसम्म गरेका कामको समिक्षा तथा आगामी दिनमा गरिने कामका लागि योजना निमार्णका विषयमा छलफल गरिएको रीड नेपालका शिक्षा विकास अभिकृत रोमा माबोले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै सहभागी शिक्षक ज्ञानु राई र विशाल राईले आगामी दिनमा पनि आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघका सचिव सुवास आर्चायले भने स्थानीय सामग्रीहरूको प्रयोग गरेर शैक्षिक सामग्री बनाउने कार्यमा संस्थाले गरेको कामको प्रसंसा गनुभयो । उहाँले विद्यार्थीलाई कक्षा भित्रको वातावारणले नै विद्यार्थीलाई विद्यालय जानको लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङ्गका प्रमुख योगेश्वर भट्टराईले भौगोलिक सामाजिक तथा आर्थिक विविधताको कारण पनि शिक्षण कार्य चुनौती रहेको बताउँदै लगानी अनुसारको प्रतिफल आयो आएन भन्ने सन्दर्भमा अनुगमन गर्नुपर्ने समय आएको बताउनुभयो । जिल्लाको शैक्षिक गुणस्तर बढाउनको लागि शिक्षक समेत अनुसासित हुन समेत उहाँले आग्रह गर्नुभयो ।

सो अवशरमा उत्कृष्ठ श्रोत शिक्षकको रुपमा सरस्वती माध्यमिक विद्यालयका चन्द्रमणी सुब्बालाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर