लिटल वुद्धमा लागु औषध दुर्व्यसनी सम्वन्धि अनुशिक्षण - Epathivara

ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले वालवालिकालाई लागु औषधवाट टाढै राख्नकालागि नगरपालिकाले नया कार्यक्रम तथा योजना ल्याउने वताएका छन ।

लिटलवुद्ध आवासिय माध्यमिक बिद्यालयले आयोजना गरेको लागु औषध दुर्व्यसनी तथा सरसफाई सम्वन्धि कार्यशालाको उद्धघाटन गर्दै नगर प्रमुख मादेनले हरेक विद्यालयमा जनचेतना मुलक कार्यक्रम गर्नेपनि वताए ।
फुङलिङ नगरपालिा ४ को सहयोगमा दुर्व्यसनीमा किन फस्नु हुदैन र फस्नेहरुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा जिल्ला न्यायाधिबक्ता र प्रहरी निरिक्षकले विद्यार्थीहरुलाई अनुशिक्षण गरेका थिए ।

उत्त अवसरमा नगरपालिका उपप्रमुख भिमादेवी ओझा, सहायक प्रमुख जिल्ला अधिकारी टंकप्रसाद भट्टराई, पत्रकार महासंघका अध्यक्ष आनन्द गौतम लगायतले धारणा राखेका थिए । कार्यक्रममा सय वढी वालवालिकाको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर