अलैंची निर्यात ६५ प्रतिशतले बढ्यो, ९ महिनामा ६ अर्ब ३५ करोड आर्जन - Epathivara

काठमाडौँ — मुलुकको अलैंची निर्यात ६५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ६ अर्ब ३५ करोड ७५ लाख १७ हजार रुपैयाँ बराबरको अलैची निर्यात भएको भएको हो । जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८५ करोड २५ लाख ७१ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

 

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ७८ लाख ७१ हजार २९ किलो अलैंची भारत, पाकिस्तान, इटाली र जर्मनीमा निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४२ लाख ६८ हजार ८५३ किलो अलैंची निर्यात भएको थियो । गत आर्थिक वर्ष भारत र पाकिस्तानमा मात्रै अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

 

गत आर्थिक वर्षभर ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको मात्रै अलैंची निर्यात भएको थियो । पछिल्लो समय मुलुकबाट अलैंची निर्यात बढ्दै गएको छ । नेपाली अलैंचीको मुख्य बजार भारत रहेपनि पछिल्लो समय अन्य मुलुकमा समेत निर्यात हुने क्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर