ताप्लेजुङमा छायाङ्कन गरिएको ‘सुकेटारको डाँडैमा’ सार्वजनिक (भिडियो सहित) - Epathivara

फुङलिङ- ताप्लेजुङको पर्यटकिय स्थानमा छायाङ्कन गरिएको म्यूजिक भिडियो ‘सुकेटारको डाँडैमा’ सार्वजनिक गरिएको छ । भिडियोको शुक्रबार चर्चित गायक दिपक लिम्बूको उपस्थितीमा विमोचन गरिएको हो । विजय लिम्बू र विनुसा राईको स्वर रहेको म्यूजिक भिडियोलाई सञ्चारकर्मी दिनेश लिङ्खिमले निर्देशन गरेका हुन् । भिडियोलाई भावसागर ईन्टरटेन्मेण्ट नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गितको शब्द रचना सिता लिम्बूले गरेकी हुन् । जिल्लाको सुकेटार, काबेली लगायतका स्थानमा भिडियोलाई छायाङ्कन गरिएको छ ।

गीतमा निर्देशक स्वयम लिङ्खिम सहित प्रिन्स साम्सोहाङ, विमु मादेन र पुस्पा थेबेले अभियन गरेकाछन् । भिडियोको छायाङ्कन तथा सम्पादन सुबास लिम्बूले गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै गायक लिम्बूले भिडियो सामग्रीमार्फत ताप्लेजुङ जिल्लाका पर्यटकिय स्थानलाई थप प्रर्वद्धन गर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर