तिरिङ्गेमा आधुनिक प्रविधिबाट अर्गेली प्रशोधन तालिम सुरु - Epathivara

ताप्लेजुङ– पाथीभरा याङ्वरक गाउँपालिका ३ तिरिङ्गेमा आधुनिक प्रविधिबाट अर्गेली प्रशोधन तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा १० दिने तालिम सुरु गरिएको हो ।

कार्यालय प्रमुख युवराज घोर्साइका अनुसार तालिममा सो वडाका सहित सिदिंवा गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका १५ जनाको सहभागिता रहेको छ । जंगलमा पाईने अर्गेलीलाई आधुनिक शैलीमा प्रसोधन गरि बजार पुर्याउँदा दुई गुणा बढि रकम पाउने प्रशिक्षक नन्दलाल तामाङले बताउनुभयो ।

नेपाली कागज निर्माणको कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्गेली ताप्लेजुङ जिल्लाको माथिल्लो क्षेत्रमा पर्याप्त रुपमा पाईन्छ । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष पूर्णबहादुर तिवारीले सिप सिकेपछि त्यसलाई खेर फाल्नु नहुने बताउनुभयो ।

आफ्नो वडामा पर्याप्त रुपमा अर्गेली पाईने भन्दै उहाँले सवै यूवाले संकलन गरि आधुनिक प्रविधिबाट प्रशोधन गरे स्थानीयको आर्थिक उपार्जनमा पनि सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर