फुङ्लिङ- ताप्लेजुङमा जारी उपमेयर कप महिला फुटबलको उपाधीका लागि फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाईनल चरणको खेलमा मेरिङदेनलाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फुङलिङ फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा एक एक को बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । यता सिरीजंघालाई ५–१ गोलको नतिजामा पराजित गर्दै आठराई त्रिवेणी फाईनलमा पुग्यो । फाईनल खेल बुधबार नारी दिवशको अवशरमा सदरमुकाम स्थित भानुजन माद्यामिक विद्यालयको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार सहित ३ वर्षे रनिङ कप र प्रमाणपत्र पाउने छ भने उप बिजेताले नगद ५५ हजार ५ सय रुपँया सहित मेडल र प्रमाण पत्र पाउने छ ।
रनिङकप १ सय तोला चाँदी र आधा तोला सुन जडित हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न ७ वटा विधामा उत्कृष्ट हुनेलाई नगद, ट्रफी र मेडल दिईने जनाईएको छ । महिलालाई समाजमा थप सशक्त बनाउन खेल क्षेत्रमा उनिहरुको सहभागिता वृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले बताईन् ।