नारद गुरागाँइ, ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा १ दिने नि:शुल्क होमियोप्याथिक स्वास्थ शिवीर सुरु भएको छ । कोशि प्रादेशिक स्वास्थ निर्देसनालय धनकुटाको आयोजना र फुङलिङ नगरपालिका ताप्लेजुङको संयोजनमा सञ्चालित शिवीरको आज विहान प्ररदेश नम्बर १ का स्वास्थ मन्त्रि माननिय निर्मला तावाले उद्घाटन गर्नुभएको हो ।
आज १ दिन चल्ले शिविरमा विषोस गरि वाथ, हाडजोर्नि, नसा सम्वन्धि समस्या ग्यास्टीगको समस्या , महिलाहरुका पाठेघर तथा महिनावारि सम्वन्धि समस्या , नाक, कान, घाँटी सम्वन्धि समस्या भएका नयाँ तथा पुराना रोगि हरुको स्वास्थ जाँच गरि परार्मस प्ररधान गरिने प्रादेशिक स्वास्थ निर्देसनालय धनकुटाका आयुर्वोद तथा बैकल्पीक चिकित्सा शाखा प्रमुख खगेन्द्र पौडेलले जानकारि दिनुभयो ।
उँहाका अनुशार निर्देसनालयले यस १ दिने शिविरबाट ताप्लेजुङका ३०० जना बिरामिहरुको स्वास्थ परिक्षण गर्ने लक्ष राखेको छ । आज साझ सम्म चल्ने सशिविरमा ३ जना विशेषज्ञ डाक्टरहरुले शेवा प्ररदान गरिरहनुभएको छ भने बिहान शिविरको उद्घाटन समारोहमा मन्त्रि तावा साहित जिल्ला सम्वन्वय समितिका प्ररमुख छिरिङ लामा , उपप्रमुख कृष्ण लिङखिम, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन , उप प्रमुख भिमादेबि ओझा , जिल्ला स्थीत सुरक्ष निकायका प्रमुखहरु , जिल्लामा रहेका सरकारि कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु र सरोकारवाला हरुको समेत उपस्थीती रहेको थियो ।