ताप्लेजुङ, माघ २० गते । जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईको सरुवा भएको छ ।
माघ १९ गतेको प्रहरी महानिरीक्षकको निर्णय अनुसार डिएसपी राईको जिल्ला प्रहरी कार्यलय सर्लाहीमा सरुवा भएको हो । राईको सरुवा भएसँगै अब ताप्लेजुङमा नयाँ डिएसपीको रुपमा नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल काठमाडौँमा जिम्मेवारी निर्वाह गरिसक्नु भएका राजन लिम्बू आउँदै हुनुहुन्छ ।
यस्तै तेह्रथुम जिल्ला प्रहरी कार्यलयका डिएसपी निशान थापाको पनि सरुवा भएको छ । उहाँको नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुर, चितवनमा सरुवा भएको हो । तेह्रथुममा जिम्मेवारी सम्हालका लागि चितवनमा कार्यरत डिएसपी राजन चापागाई आउँदै हुनुहुन्छ ।
नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको हिजाे बिहीवार को निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवासमेत गरेको थियो ।