कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा टंक भट्टराई - Epathivara

ताप्लेजुङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा टंकबहादुर भट्टराई चयन भएका छन् । शनिबार सम्पन्न केन्द्रको ११ औँ साधारणसभाले सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको अध्यक्षतामा ११ सदसिय कार्यसमिति चयन गरेको हो । दुईवर्षे कार्यकालको लागि उपाध्यक्षमा प्रेमकुमार लिम्बू, सचिवमा सुरेन्द्रराज दाहाल, सहसचिवमा डा. रञ्जना खड्का, कोषाध्यक्षमा नवराज गिरी सर्वसहमत चयन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

यस्तै सदस्यमा डा. सरोज कार्की, दिनेश खनाल, निर्मल शेर्पा, योगेश्वर भट्टराई, विनोद गुरुङ र युवराज घोर्साई रहेकाछन् । यसैविच साधारणसभाले तदर्थ कार्यसमितिले तयार पारेको कर्मचारी मिलन केन्द्र ताप्लेजुङ संसोधित विधान २०७९ लाई पनि सर्वसहमत पारित गरिएको नवनिर्वाचित सचिव दाहालले बताए ।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी पोखरेल सहित जिल्ला स्थित कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर