पालिकाका युवालाई शेयर बजार र लगानी सिकाउँदै मैवाखोला - Epathivara

ताप्लेजुङ – मैवाखोला गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि आधारभुत तालिम प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार युबाहरुलाई शेयर बजार र लगानी सम्बन्धि आधारभुत जानकारी दिई नागरिकहरुलाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

गाउँपालिकाको बित्तीय ब्याबस्थापन र सामुदायिक बिकास तथा पुनर्निर्माण केन्द्र ताप्लेजुङको आयोजनामा मैवाखोलाका ३० जना युबाहरुलाई शेयर बजार तथा लगानिकर्ता सचेतना सम्बन्धि ५ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।

तालिम निकै प्रभावकारी भएको तालिममा सहभागीहरुले प्रतिक्रिया दिएकाछन् । यो कार्यक्रमलाई गाउँपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर