राष्ट्रिय सेवा दलको तालिममा सहभागि हुने विद्यार्थीलाई ताप्लेजुङबाट विदाई (फोटो फिचर) - Epathivara

ताप्लेजुङ । राष्ट्रिय सेवा दलको पहिलो चरणको तालिममा सहभागि ताप्लेजुङका ७२ जना विद्यार्थीहरु शनिबार मोरङ प्रस्थान गर्ने भएकाछन् । राष्ट्रिय सेवा दल, पुर्वी तालिम शिक्षालय याङ्शिला मोरङमा हुने दोश्रो चरणको तालिम सहित दिक्षान्त समारोहमा सहभागि हुन उनिहरु मोरङ जाने भएकाहुन् ।

तालिममा फुङलिङ नगरपालिका भित्र पर्ने युवावर्ष माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागिछन् । युवावर्षका ३६ जनालाई विहिबार र जनता माध्यमिक विद्यालयका ३६ जनालाई आज विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहित तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितीमा विदाई कार्यक्रमको आयोजना गरिएको थियो । विदाई कार्यक्रममा तालिम लिईरहेका विद्यार्थीले कवाज प्रस्तुत गरेका थिए । हिजो युवावर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरुको विदाई गरिएको थियो । यो वर्ष युवावर्ष र जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम दिईएको हो ।

यसैबीच ताप्लेजुङ स्थित भिमकाली गुल्मको २ सय १७ औँ वार्षिक उत्सवका अवसरमा लिटलबुद्ध आवासिय माद्यामिक विद्यालयका प्रिन्सिपल युवराज गिरी सम्मानित भएकाछन् । वार्षिक उत्सवमा साँस्कृतिक टोलीबाट विभिन्न सहयोग गरेको भन्दै भिमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सम्मान पत्र प्रदान गरेका छन् । जनता माध्यमिक विद्यालयमा आज भएको कार्यक्रमकाबीच गिरीलाई सम्मान गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर