फिदिम : पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बसन्तकुमार नेम्बाङ विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतले पछि पार्दै नेम्बाङ निर्वाचित भएका हुन्।
नेम्बाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ६३ मत पाएका हुन्। यो जीतसँगै नेम्बाङ पाँचथरबाट चौथो पटक सांसदमा निर्वाचित भएका हुन्। यसअघि उनी २०४८,२०५६ र २०७४ सालमा निर्वाचित भएका थिए।
उनी २०७४ सालमा पनि आङदेम्वेलाई हराउँदै प्रतिनिधि सभा सदस्य बनेका थिए । २०१८ साल चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लो पटक २०७६ सालमा करिब १८ महिना भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत बनेका थिए।
एमाले अध्यक्ष केपी सर्मा ओली निकट नेम्वाङ २०३६ सालमा नेपाल ल क्याम्पसबाट विद्यार्थी राजतिति मार्फत राजनीतिमा होमिएका हुन्।