बेपत्ता भएको १७ दिनपछि ताप्लेजुङका एक युवक मृत भेटिए - Epathivara

ताप्लेजुङ, कात्तिक १९ गते । बेपत्ता भएको १७ दिनपछि ताप्लेजुङमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

गत कात्तिक २ गते बिहानबाट बेपत्ता भएका जिल्लाको मेरिङदेन गाउँपालिका १ थिङलाबुका ३५ बर्षीय भिमहाङ लिम्बुलाई आज दिउँसो २ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक लिम्बूको शवलाई मैवाखोला गाउँपालिका ६ पाँचऔँला कुदोमा अवस्थित मैवाखोला नदीमा फेला पारिएको हो । शवलाई स्थानीय तथा प्रहरीको टोलिले फेला पारेका हुन् ।

माछा मार्न गएका लिम्बू खोलाले बगाएर बेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर