पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पाँच वर्षसम्म चुनाव लड्‍न नपाउने - Epathivara

इस्लामाबाद : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आयोगले खानलाई आगामी पाँच वर्षसम्मका लागि चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ।

सत्तामा रहँदा उनले अनावश्करुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको उनको वकिल गोहर खानले जानकारी दिए।

इसीपी (पाकिस्तानको निर्वाचन आयोग)ले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ,’ गोहरले भने,’हामी यसलाई अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिनेछौं।’

प्रतिक्रिया

सम्बन्धित खवर