पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध - Epathivara

पाँचथर — अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ ।

 

बुधबार बिहानै पाँचथरको फिदिम नगरपालिका ४ कोइरीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङबाट पाँचथर र इलाम हुँदै झापा जाँदै गरेका सवारी र ढुवानी साधनसँगै यात्रुहरू अलपत्र परेका छन् ।

पहिरो पन्छाउन फिदिम नगरपालिकाले बिहानैदेखि स्काभेटर परिचालन गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर