रुसलाई क्राइमियासँग जोड्ने रेल तथा सडक पुलमार्गमा ठूलो विस्फोट - Epathivara

एजेन्सी । रुसलाई क्राइमियासँग जोड्ने रेल तथा सडक पुलमार्गमा ठूलो विस्फोट भएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरुमा केर्च पुलमा एउटा रेल भीषण आगलागी भएको देखिएको बीबीसीले जनाएको छ । छेउको सडक, पुल पनि क्षतिग्रस्त भएको देखिन्छ । पुलमा भएको विस्फोट तथा आगलागीकाे कारण अझै स्पष्ट भएको छैन ।

रुसी सरकारी सञ्चारमाध्यमले इन्धन ट्याङ्कमा आगो सल्किएको कारण सबै आवतजावत बन्द गरिएको बताएका छन् । केर्च पुलमार्गलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा उद्घाटन गर्नुभएको थियो । सन् २०१४ मा क्राइमियालाई रुसले आफ्नो देशमा गाभेको हो । रुसले केर्च पुलबाट सैन्य सामग्री युक्रेनमा ओसारपसार गर्ने हुनाले त्यसलाई युक्रेनी फौजले निशाना बनाइरहेका थिए ।

यसैबीच, युक्रेनका राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले पुलको क्षतिलाई सुरुवात मात्रै भन्नुभएको छ । तर प्रत्यक्ष रूपमा युक्रेनले आक्रमण गरेको भने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सबै अवैधानिक संरचना नष्ट गरिनुपर्छ, रुसले लुटेको सबै क्षेत्र युक्रेनमा फिर्ता गरिनुपर्छ ’ उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर