निर्वाचनको दिन यातायात पूरै निषेध हुँदैन : निर्वाचन आयोग - Epathivara

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ । शनिबार पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेको हो ।

 

उनले भने, ‘निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन भएको छ । सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले उक्त दिन व्यवस्थित ढंगले यातायातका साधन चलाउन अनुमति दिन्छ ।’ मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र मतदान केन्द्रबाट टाढा भएका मतदातालाई मतदानस्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने उनको भनाई छ । थपलियाले भने, ‘विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको आह्वानको दिन हो भन्नेजस्ता अभिव्यक्ति सुन्नुपर्ने छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर