ताप्लेजुङमा एमाले उम्मेदवार : संघमा भट्टराई, प्रदेशमा मेन्याङबो र पोमु - Epathivara

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङमा प्रतिनिधि सभाको टिकट योगेश भट्टराईलाई दिएको छ ।

 

याेसँगै एमाले सचिव भट्टराई दोस्रो पटक ताप्लेजुङबाट चुनाव लड्ने भएका छन् । उनी यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभातर्फ एमालेबाट तिलकुमार मेन्याङ्बो र मणिशंकर पोमु उम्मेदवार बन्ने भएका छन् । पार्टीले प्रदेश सभा १ अन्तर्गत तिलकुमार र २ मा मणिशंकरलाई टिकट पठाएको एमाले स्रोतले जनाएको छ ।

त्यस्तै पोमु जिल्ला कमिटी उपसचिव हुन् भने तिलकुमार पोलिटव्युरो सदस्य तथा पूर्व सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर