तेह्रथुमको आठराई गाउँपालिकामा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक युबकको ज्यान गयो - Epathivara

तेह्रथुम, असोज १९ गते । इन्टरनेट जडान गर्नेक्रममा करेन्ट लाग्दा तेह्रथुमको आठराई गाउँपालिकामा बुधबार एक युवकको मृत्यू भएको छ ।

 

मृत्यु हुनेमा आठराई गाउँपालिका–४ ईवाका २४ वर्षीय निलम ईङनाम रहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ईङनामको करेण्ट लागेर घटनास्थलमै मृत्यू भएको हो । इन्टरनेट जडानको लागि बिद्युतको पोलमा चड्दा ईङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर