सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताउनुभयो। शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकमा रहेकाे नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका र खाँदबारी अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएकाे हाे । विष्ट निर्माणाधीन रेडक्रस सोसाइटीको साइट इञ्चार्ज हुनुहुन्थ्याे ।