भारतीय सहयोगमा नेपालमा रेलमार्ग निर्माण हुने क्रम जारी - Epathivara

रौतहट । नेपालमा रेल वे योजनाको परिकल्पना तत्कालीन राणा प्रधानमन्त्री चन्द्र सम्सेर जबराको पालामा नै बिस्तृत कार्य योजना भएर अघि बढेको थियो।भारत सङको रेल वे परियोजना अघि बढाउन उनै प्रधानमन्त्रीले पहल कदमी गरेका थिए।

भारतको आर्थिक सहयोगमा सन १९२७ मा रक्सोल बाट अमलेखगञ्ज सम्म पहिलो पल्ट रेल संचालन गरिएको थियो।त्यस्को १० बर्ष पछि जयनगर देखि जनकपुर सम्म रेलको आयोजना सुरु भएर सन्चालन भएको थियो ।जुन आज सम्म पनि संचालन मै रहेको छ।नेपालको रेल वे सेवाको लागि भारतको उल्लेख्य सहयोग रहदै आएको छ।

यसै सिलसिलामा भारत सरकारकै आर्थिक सहयोगमा पुर्ब पश्चिम रेल मार्गको काम अघि बढिरहेको छ।काकरभिट्टा बाट महेन्द्रनगर सम्मको करिब १३०० कि.मि रेल मार्गको सम्भब्यता र मु-आब्जा वितरण कार्य भइरहेको छ आशा छ केही बर्ष भित्र नै रेल संचालन मा आउने छ।भारत सरकारको आर्थिक र प्राबिधिक सहयोगमा नेपालको विभिन्न स्थानमा अन्तरदेशीय रेल मार्ग निर्माणको क्रममा छन।जस अनुसार न्यु जलपाइ गुढी -काकाडभिट्टा ४६ कि.मि ,वहनाह – कटहरी (जोगमनी -बिराटनगर )१८ किमि, जयनगर – जनकपुर -बर्दिबास ६९ कि.मि, नैतनवा -भैरहवा १२ कि.मि, रुपेडिया -नेपालगन्ज १५ कि.मि गरि पाचवटा रेल मार्ग निर्माणको क्रममा छन।

त्यसै गरि रक्सौल -काठमाडौ १३६ किलोमिटर को रेल मार्गको काम पनि भारत सरकारको आर्थिक सहयोगमै निर्माणको काममा अघि बढिरहेको छ।नेपालमा भारतीय आर्थिक सहयोगमा निर्माण हुने रेल सेवाले भारतको बन्दरगाह सम्म पहुच पुग्न सहयोग पुग्ने र पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगन्ज र बिराटनगर देखि भारत को कलकत्ता र हल्दिया सम्म रेल सेवा दिन सक्ने सुबिधा प्राप्त भएको छ।

नेपालको लागि यो एउटा ठूलो अबसर हो जस्ले तेस्रो देश सङको ब्यापारलाई बढाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।भारत सरकारको आर्थिक र प्राबिधिक सहयोगमा बनेको धनुषाको कुर्था देखि भारतको जयनगर सम्म झन्डै ३५ किमि रेल खण्ड भारतले नेपाललाई हस्तान्तरण गरिसकेको छ भने वथनाहा -बिराटनगर रेल सेवा पनि चाडै संचालनमा आउने भएको छ।

यो दुई रेल सेवा बाट नेपाल र भारत ब्यापारिक सम्बन्धमा उल्लेख्य सहजता र नेपालको आन्तरिक बिकासमा महत्त्वपूर्ण योगदान हुनेछ।नेपालमा निर्माण भइरहेको र निर्माण सम्पन्न भइसकेका रेल सेवा बाट नेपाल भारत बिच को ब्यापार अभिबृद्दी मा कोसेढुङा साबित हुनेछ,साना तिना समस्या हरुलाइ तत्काल समाधान गरि अबिलम्ब रेल सेवा हरु संचालनमा ल्याउन सके नेपालको आर्थिक बिकासमा ठूलो उपलब्धि हुने उद्द्योगी ब्यावसाहि हरुको भनाइ छ।

भारत र नेपाल बिच केही समय अघि मात्र रेल सेवा सम्झौता संसोधन भएको थियो।दुई देश बिछ भएको संसोधनको एल आइ (लेटर अफ एक्सचेन्ज)बमोजिम नेपाली रेल सेवाले हल्दिया र कोलकाता बन्दरगाह सम्म पहुच पाउने तथा तेस्रो मुलुक सङको ब्यापारमा भारतिय रेल सेवा सम्झौताको संसोधन पछि नेपालको तेस्रो मुलुक सङ्ग हुने ब्यापारको लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारत सङको द्विपक्षीय ब्यापारमा रेल सेवा बाट हुने ढुवानी बाट नेपालले बढी मुनाफा आर्जन गर्ने साथै ढुवानी ब्यबस्थित हुने ब्यबस्था हरु पनि लागू गरिएको छ।यसले नेपालको आर्थिक समृद्धि तिरको गन्तब्यलाई अझ सहज बनाउने छ।

भारत र नेपाल बिचको एतिहासिक रेल मार्गले भारत र नेपाल बिचको जन स्तरको सम्बन्ध लाई पनि थप प्रगाढ बनाउदौ लैजाने छ।

प्रतिक्रिया

सम्बन्धित खवर