छैटौँ नेपाल भारत समन्वयात्मक बैठक - Epathivara

नेपाल भारत हरेक परिस्थिति एक हुने बाहेक अन्य विकल्प न रहेको महसुस मात्र आत्म बाट साथ रहेको छ । चाहे त्यो धार्मिक होस या सस्कृती होस सुख दु:खका हरेक पाईलामा साथ छ्न । अहिले राजनीतिक भेट् घाट , सुरक्षा निकाय सबै सहज वातावरण छ । कुनै बेला नेपालमा केपि ओलिको कम्युनिस्ट सरकार हुँदा वैदेशिक चलखेल बढेको र भारत बिरोधि अभियान समेत चलेको बुझिएको थियो । बिस्तारै नेपाली जनता भारतका जनता र भारतमा बसोबास गर्ने नेपालीहरु नेपालमा बसोबास गर्ने भारतियहरु समेत तनावमा परेका थिए ।

तर नेपाली काङ्ग्रेस शेर बहादुर देउवाको नेतृत्वमा बिदेश नितिमा परिवर्तन आएको छ । अहिले चीन पनि सहि स्थानमा छ अमेरिका पनि लाईनमा छ भारत सङ पनि सम्बन्ध बिस्तार गहिरिदो हुँदै गएको छ । यहिक्रममा छैटौँ नेपाल भारत समन्वयात्मक बैठक¸ २०७९ आश्विन ११ गते देखी १३ गते सम्पन्न भएको छ । उक्त बैठक सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय¸ हलचोक¸ काठमाण्डौँमा सम्पन्न भएको हो ।

उक्त बैठकको नेपालको तर्फबाट सशस्त्र प्रहरी बल¸ नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र मित्रराष्ट्र भारतको तर्फबाट सशस्त्र सीमा बल (SSB) का महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गर्नुभएको थियो । बैठक समापन सँगसँगै RoD Signing सम्पन्न भई दुई पक्ष बीच हस्तान्तरण समेत भएको थियो । यसरी पनि के बुझ्न जरुरी छ । कुनै पनि परिस्थितिमा नेपाल भारत सम्बन्धमा बाधा कहिले पुग्न सक्दैन । राजनीतिक उथलपुथल का कारण केही राम्रा नराम्रा तल माथी हुन सक्छ । नेपाली जनता र भारतियको गहिरो सम्बन्ध अन्य देश मेल खान सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर