फुङ्लिङका १० जनालाई परम्परागत कृषि औजार बनाउने एड्भान्स तालिम प्रदान - Epathivara

जीवन कालिकोटे , ताप्लेजुङ । गत साउन १८ गते देखि सुरु गरिएको परम्परागत कृषि औजार बनाउने एड्भान्स तालिम सम्पन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुको आयोजनामा तथा फुङलिङ नगरपालिकाको समन्वयमा फुङलिङ न.पा. वडा नं.२ र ३ का १० जना प्रशिक्षार्थीहरुलाई सो तालिम प्र्रधान गरिएको थियो ।

तालिम फुङलिङ २ टाकुरेमा संचालित भएको थियो । पछिल्लो समय पुराना घरायसी औजार बनाउने तथा प्रयोग गर्नेक्रम हराउँदै गएको र यो पेशानै लोप हुने अवस्था आएकोले सो तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुका निमित्त प्रमुख युवराज घोर्साइले बताएका छन ।

साथै सो तालिम मार्फत सिप सिकी स्थानियको आय आर्जनमा समेत बृदि हुने उदेश्य राखीएको घरेलु कार्यालय ताप्लेजुङले जनाएको छ । सहभागीलाइ आयोजकको तर्फवाट भाँटी, घन लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

४५ दिन सम्म चलेको सो तालिममा सहभागीहरुले घरायसी औजार खुकुरी, हसियाँ, कोदालो, कुटो, काटाँ चुलेसी लगायतका सामाग्रीहरु तयार पारेका थिए भने कार्याक्रमको सहजीकरण दिनेश खातीले गरेका थिए । समापन कार्याक्रममा कार्यालयका निमित्त प्रमुख युवराज घोर्साइ, फु.न.पा.–२ का वडा अध्यक्ष मोहन न्यौपाने लगायत स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर