ताप्लेजुङले सोलुखुम्बुलाई ९–० गोलअन्तरले हरायो - Epathivara

ताप्लेजुङ, असोज ४ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश एकको पुरुष फुटवल छनौंट प्रतियोगितामा मंगलवार भएको पहिलो खेलमा ताप्लेजुङले सोलुखुम्बूलाई ९–० गोलको फराकिलो अन्तरले हराएको छ । मोरङको विराटनगरमा जारी प्रतियोगितामा ताप्लेजुङको तर्फवाट कप्तान मञ्जित लिम्बूले ह्याट्रिक पुरा गरे उनले खेलको १३ , १७ र ७५औं मिनेटमा गोल गरे भने खेलमा पुर्ण लिम्बूले दास्रो हाफको ४७ औं र ५५ औ मिनेटमा गोल गरे ।

 

 

त्यस्तै ताप्लेजुङका विवेक मादेनले ३५ र ६०औं मिनेटमा गोल गरेकाथिए भने वृटिस लिम्बूले १६ र शान्त लिम्बूले ३३औं मिनेटमा गोल गरेकाथिए ।
प्रदेश एकका १४ जिल्ला सहभागी प्रतियोगितामा आजको खेलमा जित निकाले सँगै ताप्लेजुङले अव बुधवार मोरङ र खोटाङबीचको खेलको विजेता सँग विहिवार क्वाटरफाइनलमा भिडन्त पक्का गरेको अखिल नेपाल फुटवल संघ ताप्लेजुङले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर