पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ ३१ गते । प्रत्येक शुक्रबार बन्द हुदै आएको ताप्लेजुङको फुङलिङ बजार आजदेखि खुल्ला भएको छ ।
आगामी कात्तिक ११ गतेसम्म बजार खुलाउने निर्णय गरिएको उद्योग बाणिज्य संघ ताप्लेजुङले जनाएको छ । नेपालीहरुको महान पर्व दशै, तिहार, छठ तथा पाथीभरा महोत्वलाई मध्यनजर गर्दै हरेक शाताको शुक्रबार बन्द हुदै आएको बजार आजदेखि खुलाइएको हो ।
त्यस्तै संघले असोज ११, १२ र १३ गते हुन गईरहेको पाथीभरा महोत्सवमा विगतमा जस्तै बजारलाई श्रृङगारेर आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न समेत आग्रह गरेको छ ।