काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने निर्णय गरेकाे छ ।
यही भदाै २७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले विप्लवका नेता कार्यकर्तामाथिकाे मुद्दा खारेज गर्ने र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय गरेकाे हाे ।
यसैबीच सरकारकाे याे निर्णयकाे नेकपाले स्वागत गरेकाे छ । पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर सरकारकाे निर्णयलाई पार्टीले स्वागत गरेकाे बताउनुभएकाे छ । मन्त्रिपरिषद् बैठकबाट मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय भएपछि प्रकाण्डले धन्यवाद दिनुभएको हो ।
यस्तै यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार अघि बढेको भन्दै विज्ञप्तिमा खुसी पनि व्यक्त गरिएको छ ।
यस्ताे छ विज्ञप्ति–