चिनियाँ नेताको भ्रमणले यातायात अस्तव्यस्त, पैदल हिँड्नेलाई समेत सास्ती - Epathivara

काठमाडौंको सवारी व्यवस्थापन मंगलबार झन् भद्रगोल भएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका लागि काठमाडौंको सडक खाली गराउँदा यातायात क्षेत्र प्रभावित बनेको हो । नेपाली जनतालाई दु:ख दिनु यो चीन सरकारको नियती भएको महसुसु भएको छ । भ्रमण गर्दा यति कडाई कहिले भएको महसुस भएन ?

सोमबार दिउँसोदेखि बानेश्वर–कालीमाटी सडक पटक पटक बन्द गरिएको छ । जसको असर स्वरुप रत्नपार्क क्षेत्रको यातायात पनि प्रभावित भएको छ । जनतालाई आफ्नो गन्तव्य पुग्न धौ धौ भयो । नेपाल सरकारले यति कडा सुरक्षा दिनुको कारण पनि रहस्यमय भएको छ । नेपालमा चीन बिरोधि मानसिकता उपजनु स्वाभाविक छ । नेपालमा जबर्जस्ती बिआरआई जस्ता प्रोजेक्ट पास नेपाललाई ऋणमा चर्को ब्याज लगाउने रणनीतिको जनताले बोल्न चाहेका बेला कडा प्रहरी बल प्रयोग गरेर नेपाल सरकारले के देखाउन खोजेको हो ।

भीआईपी सुरक्षाको लागि भनेर काठमाडौंको सडक खाली गर्दा दुख पाएको भन्दै सर्वसाधरण आक्रोशित बनेका छन् । कीर्तीपुरबाट त्रिपुरेश्वरको राहदानी विभाग हिँडेका अमन रावलले सरकार प्रति आक्रोश व्यक्त गरे, ‘एउटा विदेशी भीआईपी आयो भनेर यसरी दुख दिन्छन् । एउटा ट्राफिक व्यवस्थापन गर्न नसक्ने सरकारले देश कसरी व्यवस्थापन गर्ला ?’

काठमाडौंमा जाम त सधैंको समस्या हो तर हिजो र आज धेरै नै दुख पायौं । जनतालाई दुख दि छिमेकीको स्वागत गर्न कति हतार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर