पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ २६ गते । सर्गम शेर्पाको अध्यक्षतामा नेपाल शेर्पा विद्यार्थी संघ पाथीभरा बहुमुखी क्याम्पस इकाई कमिटी गठन गरिएको छ ।
आईतबार सर्गमको अध्यक्षतामा २७ सदस्यीय ईकाई कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सपना शेर्पा, सचिवद्वय लाक्पा ओङमु शेर्पा, डेमा दोर्ची शेर्पा, सह–सचिवद्वय लाक्पाकर्मा शेर्पा, डोमा शेर्पा र कोषाध्यक्षमा उर्मिला शेर्पा सर्वसम्मत चयन हुनु भएको छ ।
संघका जिल्ला अध्यक्ष ओङदी शेर्पा, संंस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य मात्रिका शेर्पा, निवर्तमान अध्यक्ष एवम् शेर्पा सञ्चार समुह नेपाल ताप्लेजुङका सचिव तेन्जिङ शेर्पाको उपस्थितिमा ईकाई कमिटी गठन भएको हो ।