प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
आज १०९औं बीपी जयन्तीको अवसरमा चितवनमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको समेत बताए । उनले भने, ’गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो ।’
गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको बताउदै उनले भने, ‘पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । हाम्रा मुख्यमन्त्रीहरू छन्, मन्त्री बनेका छन् । भोलि पनि हुन्छन् ।’