२०२९ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था बन्ने - Epathivara

बेलायतलाई पछाडि छोडेर भारतीय अर्थतन्त्र पाँचाै स्थानमा आइपुगेकाे छ। आगामी दिनमा यही बृद्धि दर कायम रहे २०२७ मा भारतले जर्मनी र २०२९ मा जापानलाई जितेर विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ । भारतीय स्टेट बैंकको रिसर्च रिपोर्ट अनुसार याे वर्षकाे बृद्धि दर १३.५% रहेको छ । यो बृद्धि दरले भारत सबैभन्दा छिटो बढ्ने अर्थव्यवस्था बन्ने सम्भावना छ ।

पूर्व मुख्य आर्थिक सल्लाहकार डा. अरविंद विरमानीले भनेका छन् कि भारतीय अर्थतन्त्रको सफर पनि जारी रहनेछ र भारत आउनेवाला केही वर्षमा विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ। उनले भने–गत साल भारत छैठौं स्थानमा थियाे ।

द्रुत गतिमा अगाडि बढ्दै भारत

२०२२ मा भारत विश्वको पाँचौ ठूलो अर्थव्यवस्था बन्ने आशा थियो। विरमानीले अगाडि भने कि भारत द्रुत गतिमा अगाडि बढिरहेको छ र २०२८–३० सम्म विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ। २०१४ मा भारतीय अर्थतन्त्र, विश्वमा १० औं सबैभन्दा ठूलो थियो, यो हिसाबबाट ७ स्थानमा परिवर्तन देख्न सकिन्छ।

अमेरिका, चीन, जापान र जर्मनीकै नजिकमा भारत
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार भारतले आफ्नोे अर्थतन्त्रको आकारको मामलामा अमेरिका, चीन, पाकिस्तान र जर्मनीभन्दा धेरै पछाडि छैन । आईएमएफका अनुसार लगभग ८५४ अरब डलरको अन्तर छ ।

(अनलाइनबाट अनुवाद गरिएकाे)

प्रतिक्रिया

सम्बन्धित खवर