ताप्लेजुङमा एक व्यक्ति मृत भेटिए, कानुनी प्रक्रियाका लागि प्रहरीको टोलि प्रस्थान - Epathivara

कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, भदौ २२ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत भेटिनेमा ५६ वर्षीय श्रीप्रसाद चुहान रहेका छन् । मंगलबार आफ्नै भाई भिम बहाुर चुहानको अलैँची टिपेर साँझ अबेरसम्म पनि घर आईनपुगेकाले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । चुचीढुङगा स्थित चुवाखोलाबाट आएको पानीको कुलोमा चिप्लेर डुब्दा मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । शव हाङपाङ प्रहरी चौकीको निगरानीमा घटनास्थलमै रहेको छ ।

 

थप अनुसन्धान तथा कानुनी प्रक्रिया लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोलि घटनास्थलतर्फ प्रस्थान गरेको बताईएको छ । घटनास्थल प्रहरी चौकी हाङपाङबाट करिब १ घण्टा उत्तरमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर