पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ २१ गते । मिक्वाखोला गाउँपालिका ५ पापुङस्थित राजेश्वरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।
सोहि विद्यालयमा गत महिनासम्म कार्यरत स्थानीय दावानुपू शेर्पाले विद्यालयका ३० जना विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको हो । “विगत केहि वर्ष देखि विद्यालयमा कार्यरत थिए अहिले राजिनामा दिएको छु ।” दावा नुपूले भने “विद्यालय छोड्ने बेलामा सम्झना स्वरुप विद्यार्थीहरुलाई सहयोग गरेको हुँ ।” यस्तै शेर्पाको सहयोगप्रति विद्यालयका प्रध्यानाध्यापक प्रकाश दाहाल धन्यवाद दिनुभएको थियो । पापुङ सदरमुकादेखि धेरै टाढा अनि दुर्गम क्षेत्रमा रहेको गाउँ हो ।