काठमाडौं – छिमेकी देश भारत ठूलो अर्थतन्त्र भएको पाँचौँ देशका रूपमा उदाएको छ । विश्वकै ठूलो आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत सो स्थानमा पुग्न सफल भएको हो ।
नेपालको छिमेकी मुलुक भएको नाताले यसको सबैभन्दा प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रलाई पर्ने अर्थशास्त्रीहरू बताउँछन् । भारतको केन्द्रीय सांख्यिकी संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलदेखि जुनसम्ममा १३.५ प्रतिशत आर्थिक वृद्धि भारतले गरेको छ । अघिल्लो आर्थिक वर्षमा भारतको अर्थतन्त्र २४ प्रतिशतले संकुचित भएको थियो ।
चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको नेपालले भारतको यो आर्थिक फड्कोबाट लाभ लिन सक्ने संकेत देखिएको छ । हाल भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आठ सय ५४ अर्ब डलर पुगेको छ ।
जबकि बेलायतको आठ सय १६ अर्ब डलर मात्रै छ । विश्व अर्थतन्त्रमा भारतको हिस्सा ३.५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८ र जर्मनीको ४.१ प्रतिशत हिस्सा छ ।