काठमाडौं । जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष (चिनियाँ सभामुख) ली झान्सुले तीन दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली सेप्टेम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ । ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली कच्याङपछि तेस्रो नम्बरमा छन् । नेपालमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्नेछन् ।
तर, भ्रमणको औपचारिक घोषणा नभए पनि स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।