देवराज गुरुङ
ताप्लेजुङ । भदौ १७ गते । जिल्ला अस्पतालको सरसफाई तथा भर्ना भएका विरामीको वेडमा प्रयोग गरिने कपडा सफाईमा अस्पताल व्यवस्थापन समितिले ध्यानआकर्षण भएको जनाएको छ । शुक्रबार आयोजित डा.महेश गोसाईको स्वागत कार्यक्रममा बोल्दै सहभागीले अस्पताल सफाई तथा विरामी सुत्ने बेडको कपडाको सफाईबारे ध्यानआकर्षण भएको समितिले जनाएको छ । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले भने,‘सरसफाई अस्पतालको गहना हो । समितिको निर्देशन अनुसार जिम्मेवार कर्मचारीले काम गर्नुपर्छ ।’ अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कर्मचारीले असरक्षित महसुस गर्ने बातावरणको अन्त्य गर्न सरोकारवालाबिच समन्वयको खाँचो औल्याइएको छ । नगरप्रमूख मादेनले थपे,‘ढुक्कले काम गर्ने वातावरण बनाउनुपर्छ । नगर सरकार सहयोग गर्न तयार छ ।’
प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले अस्पतालमा वेतिथि नभई अव्यस्थित रहेको बताए । प्रजिअ पोखरेलले भने,‘बेतिथि नै त नभनौ तर अव्यस्थित छ । कर्मचारीले जिम्मेवारी बोध गरेर कार्यसम्पादन गर्नुपर्छ ।’ अस्पतालमा कर्मचारीको सुरक्षाको विषयमा आफू गंम्भिर रहेको उनले बताए । सुरक्षा संवेदनशिल विषय हो यद्यपी ढुक्कले काम गर्न प्रजिअ पोखरेलले आग्रह गरे । फुङलिङ नगरपालिका उपप्रमूख भीमादेवी ओझाले अस्पतालमा प्राप्त हुने औषधि विवरण र सरसफाईको विषयमा जिज्ञासा राखिन । उपप्रमूख ओझाले भनिन्,‘वार्षिक औषधि कति प्राप्त हुन्छ । प्रयोग अर्थात वितरण कसरी हुन्छ ।’ अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमूख छिरिङ शेर्पाले कामको गुणस्तर र कर्मचारीको सेवा सुविधामा आफूहरु गंम्भिर रहेको बताए । अध्यक्ष शेर्पाले भने,‘काम पनि खोज्छौ । सेवा सुविधामा पनि ध्यान पनि दिन्छौ ।’
एनएसआई संस्थाको सहयोगमा डा. गोसाई जिल्ला अस्पताल आएका हुन् । सिनियर क्लिनिकल कोअर्डिनेटर डा.गोसाईसँग यसअघि पनि ताप्लेजुङ अस्पतालमा काम गरेको अनुभव छ । डा.गोसाईले भने,‘म सँग पुरानो अनुभव पनि छ । तर कर्मचारीको सुरक्षामा चाहिँ गंभिर भईदिनुहुन अनुरोध गर्छु ।’