चीनको बाटो कुर्दै प्रचण्ड, बीआरआई अघि बढाएर मुलुक सङ्कटमा फसाउन सक्ने - Epathivara

काठमाडौँ। नेपालको संसद्ले अमेरिकी अनुदान सहायता एमसीसी अनुमोदन गरेपछि चीनलाई छटपटी भएको छ। चीनले एमसीसी अनुमोदन हुन नदिनका लागि विभिन्न उपायहरू अपनाउँदा पनि नभएपछि चिनियाँ विदेश मन्त्रालयले नै सार्वजनिक रूपमा धम्की दिएको थियो। यद्यपि नेपालको विकासका लागि खर्च गरिने अमेरिकी अनुदान रकमसम्बन्धी सम्झौता अनुमोदन भयो।

सन् २०१७ मा नै सम्झौता भएको एमसीसीको काम अघि बढिरहँदा सोही वर्ष सम्झौता भएको चीनको महत्त्वाकाङ्क्षी परियोजना बीआरआई भने कार्यान्वयन हुने नहुनेमा अझै दुबिधा छ। चीनले पटक-पटक बीआरआई कार्यान्वयन गर्न दबाब दिइरहेको छ।

बीआरआई परियोजना लिएर चिनियाँ ऋणमा डुबेमा श्रीलङ्का र पाकिस्तानलाई देखेका प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण स्वीकार गर्न नसकिने बताएका छन्। उनले अनुदान रकम भए बीआरआई अघि बढ्ने तर चर्को ब्याजमा ऋण लिएर नेपालको अर्थतन्त्रले धान्न नसक्ने बताएका छन्। काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्पष्ट जवाफ फर्काएपछि चीनले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत बीआरआई अघि बढाउन खोजेको छ।

प्रचण्डलाई पनि चीनको साथ चाहिएको छ। आगामी सङ्घ र प्रदेश निर्वाचनपछि प्रधानमन्त्री हुने सपना देखेका प्रचण्डले भारत र चीनलाई रिझाउने प्रयास गरेका छन्। भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेटसमेत नदिएपछि चिढिएका प्रचण्डले चीनको बाटो पर्खिरहेका छन्।

उनले चीनलाई रिझाउने प्रयास स्वरूप आइतबार नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि अध्ययन र अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठान, नेपालद्वारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन कार्यक्रममा दाहालले भने,‘एक दशकअघि मैले नेपाल, भारत र चीनबीच शान्ति, विकास र सहकार्यको त्रिपक्षीय अवधारणाका लागि प्रस्ताव राखेको थिएँ। नेपालको विकासका लागि चीनको पनि सहयोग आवश्यक छ। चीनलाई बाइपास गर्न मिल्दैन।’

उनले यति मात्र भनेनन् कि नेपालले चीनको मुख्य चासोमा ध्यान दिनुपर्ने समेत बताएका छन्। यसअघि नेपाल भ्रमणमा आउँदा चिनियाँ विदेश मन्त्री वाङ यीले पनि प्रचण्ड र केपी शर्मा ओलीसँगको भेटका क्रममा बीआरआई अघि बढाउन आग्रह गर्दै नेपालका कम्युनिस्टहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपालका कम्युनिस्टहरू अहिले विभाजित अवस्थामा छन्। तर, ०७४ को निर्वाचनजस्तै कुनै चमत्कारिक शक्तिको खोजी गरिरहेका छन्। आगामी निर्वाचनपछि काँग्रेसको सत्तालाई बाइपास गर्दै कुनै न कुनै रूपमा आफ्नो हातमा सत्ता आओस् भन्ने चाहन्छन्। तर, विगतको तीन वर्षमा देखिएको नेपालका कम्युनिस्टहरूको चर्तिकलाले भने नेपाली जनता आजित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर