नेपाली कांग्रेस ताप्लेजुङले प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. ‘ख’ बाट हाङ्गामको नाम सिफारिस गर्यो - Epathivara

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले आगामि मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लुेङको प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख’ को प्रत्यक्ष तर्फकोे उम्मेद्वार खगेन सिं हाङ्गामलाई सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय बैठकले हाङ्गामको एकल नाम सिफारिस गरेको हो । पार्टीले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने अधिकार भए पनि एकल नाममा सहमती भएको बताइएको छ ।

समानुपातिकमा भने सात जनाको दाबी रहेको छ । यता क्षेत्र नं. ‘क’मा शुक्रबारको बैठकलेमात्र सिफारिस गर्ने नेताहरुको भनाई छ। शुक्रबार आकाक्षीहरुको नाम संकलन गरिएको समेत बताइको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर