काठमाडौं, चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले चुनाव लड्ने विषयमा छलफल थालेका छन् । आगामी मंसिर ४ गते हुन लागको संघीय निर्वाचनमा उनले चुनाव लड्ने विषयमा छलफल थालेका हुन् ।
यस विषयमा कट्टेलसँग प्रतिक्रिया लिँदा निर्वाचन लड्नेबारे आफू छलफलमा रहेकाे तर निर्णय हुन बाँकी रहेको बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने, ‘छलफल जारी रहँदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ निर्वाचन लड्ने हुँदा स्वतन्त्रबाट लड्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनी केपी ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्दै पोस्टर भाइरल बनाइएको छ।