नायिका रेखा थापा मोरङबाट चुनाव लड्ने - Epathivara

बिराटनगर, अभिनेत्री रेखा थापा आगामी संसदिय चुनावमा मोरङ्ग क्षेत्र नम्बर ३ बाट उठ्ने भएकी छिन् । राप्रपाले रेखा नाम उक्त क्षेत्रबाट सिफारिस गरेको हो । नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको घर पनि मोरङमा हो ।

 

पार्टीले प्रतक्षतर्फ आफ्नो नाम सिफारिस गरेपछि रेखा भन्छिन्, ,’पार्टीका अग्रज नेतालाई म धन्यवाद दिन चहान्छु । जुन विश्वास ममाथि गर्नु भएको छ त्यसको रिजल्ट म चुनावी मैदानबाट देखाउने कोसिस गर्नेछु ।‘ उसो त मोरङमा एमालेसँग तालमेल गरेर रेखा चुनाव लड्ने पनि चर्चा छ । तीज कार्यक्रमका लागि रेखा मोरङ्गमा नै छिन् ।

 

गएको पार्टी महाधिवेशमा रेखाले महान्त्री कुन्ती शाहीलाई कडा टक्कर दिएकी थिइन् । रेखा लामो समयदेखि राप्रपामा सक्रिय रुपमा लागि रहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर