पाथीभरा संवाददाता
ताप्लेजुङ भदौ १४ गते । नेपाल तमु (गुरुङ) विद्यार्थी छोँजधी ताप्लेजुङको अध्यक्षमा प्रकाश गुरुङ चयन हुनु भएको छ । सोमबार सम्पन्न छैँटौँ जिल्ला अधिवेशनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको प्रदेश १ का संयोजक सुर्य गुरुङले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा प्रकृति गुरुङ, सचिवमा पूजा गुरुङ, सह–सचिवमा पवन गुरुङ, कोषाध्यक्षमा भावना गुरुङ सहित २५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको छ । वि.सं. २०५२ सालमा स्थापना भएको यो संस्थाले तमू समुदायको कला, भाषा, धर्म, सँस्कृतिलाई जगेर्ना गर्नुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विगतदेखिकै क्रियाकलापलाई सक्रियताका साथ निर्वाह गर्दै जाने अध्यक्ष गुरुङले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी छोँजधीका पुर्व केन्द्रिय उपाध्यक्ष राजकुमार गुरुङ, ताप्लेजुङका संस्थापक अध्यक्ष छविरमण गुरुङ, तमु ह्युल छोँजधी (गुरुङ राष्ट्रिय परिषद)का उपाध्यक्ष गंगाराम गुरुङ, सचिव मान बहादुर गुरुङ, संस्थापक सदस्य भरत कुमार गुरुङ, फुङलिङ नगरपालिका ६ का वडाध्यक्ष मदन गुरुङ, तमुस्यो ह्युल छोँजधीका अध्यक्ष उमा गुरुङ लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।