तेह्रथुममा सवारीसाधनकाे नयाँ भाडादर लागू, कहाँ पुग्न कति रुपैयाँ ? - Epathivara

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले नयाँ भाडादर कायम गरेको छ । प्रशासनको संयोजनमा यातायात व्यवसायीबीच भएको छलफलले नयाँ भाडा दर कायम गरेको हो । सर्वसाधारण यात्रुहरुले जथाभावी भाडा लिएको गुनासो गरेपछि प्रशासनले सहजीकरण गरेर नयाँ भाडादर निर्धारण गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले यात्रुहरुको गुनासो सम्बोधन गर्न व्यवसायीसँग छलफल गरेर नयाँ भाडादर कायम गरिएको बताए । नयाँ भाडादरअनुसार बसको भाडा म्याङलुङ बसपार्क देखि जिरिखिम्तीसम्म ५०, सुर्केसम्म ७०, पिगुवासम्मको १००, काँडेसम्मको १२०, लसुनेसम्मको १५०, बसन्तपुरसम्मको २००, सिधुवासम्मको २५०, हिलेसम्म ३००, धनुकटासम्म ३ सय ५०, भेडेटारसम्म ४५०, धरानसम्म ५५०, ईटहरीसम्म ६५०, विराटचोकसम्म ७००, पथरीसम्म ७५०, दमकसम्म ८००, विर्तामोडसम्म ९००, काँकडभित्तासम्म १०००, हलिमेलासम्म ८०, शेर्मासम्म २००, जलजलेसम्म २५०, औसीडाँडासम्म ३००, सेल्फीसम्म ४००, जिरिखिम्ती-मोराहाङ २०० र श्रीजुङ्गसम्म ३०० रुपैयाँ भाडादर कायम गरिएको छ ।

 

त्यस्तै, ट्याक्सी र जीपको हकमा म्याङलुङ बसपार्क देखि ईटहरीसम्म १०००, धरानसम्म ९००, हिलेसम्म ४२०, सिधुवासम्म ३५०, धनकुटासम्म ४९०, बसन्तपुरसम्म २८०, लसुनेसम्म २१०, जिरिखिम्तीसम्म ७०, दमकसम्म ११ सय २०, सक्रान्ति बजारसम्म ९००, सम्दुसम्म ७००, औसीडाँडासम्म ४००, जलजलेसम्म ३५०, यावारासम्म ४००, श्रीजुङ्गसम्म ५००, मोराहाङसम्म ४००, हलिमेलासम्म ११५ रुपैयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

त्यस्तै, टेम्पोको म्याङलुङ बसपार्क देखि जिरिखिम्ती सम्म १००, एक्ले पिपल ७५, खेल मैदान ९०, भिउटावर ११०, साव्ला ५५, हलिमेला ११०, नगरपालिका ५५, बजार आसपास ५५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर