नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल - Epathivara

काठमाण्डाै – नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

 

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

 

नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सि भदौ १४ गते हुनेछ । पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय