चीनिया पक्षबाट फेरि नाकामा अबरोध - Epathivara

केही सहज भएको चिन सङ्ग सिमा जोडिएका उत्तरी नाका हरु रसुवा गढी नाका र तातोपानी नाकामा फेरि कोरोना भाइरस को कारण देखाउदै चिनले अबरोध सिर्जना गरेको छ।

कोरोनाको कारण तीन बर्ष यता निर्यात ठप्प र आयात प्रभाबित भइरहेको यी दुई नाका फेरि बन्द भएका छन।तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछी चिनले रसुवागढि नाकाबाट हुने निर्यात रोकेको छ भने तातोपानी नाकाबाट हुने आयात लाई पनि रोकेको छ।रसुवागढी नाकाबाट अलि अलि हुँदै आइरहेको आयात पनि चिनले ठप्प पारिदिएको छ भने यश नाकाबाट सामान निर्यात नभएको त ३० महिना भइसक्यो।निर्यातमा चिनले पुरै प्रतिबन्ध लगाएको छ।

चीनिया पक्षले नाकामा अबरोध गर्दा कुनै औपचारिक जानकारी नगराउने भएको कारण नेपाली व्यबसायीहरुले बिगत देखि नै नोक्सान ब्यहोर्दै आइरहेका छन।आयात रोकिनु अघि सम्म पनि चीनिया पक्षले सिमित कन्टेनर मात्र नेपाल प्रवेश गर्न दिने गरेका थिए तर अहिले नाका बन्द भएपछी नेपाली व्यापारी हरुका सामान हरु तिब्बत मै रोकिएका छन।दशै र दिपावलिका लागि भनेर सामान लोड गरिएका ५० भन्दा बढी कन्टेनर हरु केरुङ्गमा रोकिएका छन।चिन सरकारले बिना जानकारी नै आयात ठप्प पार्ने गरेको ब्यबसायी धर्म पौडेल ले बताए।अघिल्लो बर्ष देखिनै दशै अगाडि चिनले आयातमा प्रतिबन्ध लगाउदा नेपाली ब्यबसायी हरुको करोडौं रुपैयाको सामान नस्ट हुने गरेको ब्यपारी हरु बताउँछन् ।यो चिनको हेपाहा प्रवृत्ति भएको उनीहरुको कथन छ।

चिनले रसुवागढी नाकाबाट सामान आयात सङसङै मानिसहरुको आवत जावतमा पनि अबरोध गरिरहेको छ।त्यसै गरि सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका -२स्थित चिन जोड्ने नाकाबाट पनि मालबाहक सवारी साधन आउन चिनले एकतर्फी रुपमा बन्द गराएको छ।चिनको बुहान लगायत विभिन्न प्रान्त हरुमा फेरि कोरोना फैलिएको भन्दै नाका ठप्प पारेको छ।चीनिया सुरक्षाकर्मी र अधिकारी हरुले विगत देखि नै नाकामा अबरोध गर्दै आइरहेका थिए।जब नेपालमा चाडपर्व हरु नजिकिदै जान्छन तब चीनिया पक्षबाट विभिन्न बाहानामा नेपाल प्रवेश गर्ने सामान बोकेका कन्टेनर हरुलाइ अबरोध गर्ने गरेका छन।

चिनको माथिल्लो निकाय बाट केही सुचना प्राप्त नभइ नाका बन्द गर्ने गरेको छ।कोरोना संक्रमण फैलिन नदिन तातोपानी नाकामा आइसोलेट एरिया तोकि स्वास्थ प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइदै आएको भएपनी फेरि कोरोनाको मुद्दा उठाएर चीनिया पक्षले एकतर्फी रुपमा नाका बन्द गरेको छ।चीनिया पक्षको यो बारम्बार को अबरोधले नेपाली ब्यबसायीहरु हैरान बनेका छन।सरकारी स्तर बाट नाका खुलाउने विषयमा कुनै पहल नहुदा चिनमा खरिद गरिएका नेपाली ब्यबसायी हरुको करोडौं रुपैयाको सामानहरु नस्ट भएर जाने अबस्था सिर्जना भएको छ।

भुकम्प पछि तातोपानी नाका चीनिया इच्छामा धेरै पटक बन्द हुने र खुल्ने भएकोले नेपाली ब्यापारिहरुले सास्ती ब्यहोर्नु परेको स्थानीय ब्यबसायी बताउछन।भुकम्पको चार बर्ष पछि मालबाहक रुपमा खुलाइएको नाका कोरोना संक्रमण पछि चीनिया पक्षबाट पटक पटक बन्द हुँदै आइरहेको छ जसकारण यति बेला एक हजार चार सय मालबाहक कन्टेनर ,२८ सय चालक र पाच हजार मजदुर परिवार बेरोजगार बनेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर