कोरोना प्रभाव : २०८० बाट शैक्षिक सत्र नियमित हुँदै - Epathivara

काठमाडौं : कोभिड–१९ ले प्रभावित बनाएको शैक्षिक सत्र २०८० बाट नियमित हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइटेलले आगामी नयाँ शैक्षिक सत्र १२ महिनै हुने जानकारी दिए। उनका अनुसार चालू शैक्षिक सत्र चैतमा सकिनेछ।

२०८० सालबाट भने वैशाखबाट शैक्षिक सत्र शुरु गरी चैत मसान्तसम्म कायम हुनेछ। ‘अहिलेसम्म भौतिक उपस्थितिमा नियमित पठनपाठन भइरहेको छ। त्यसैले अबको नयाँ शैक्षिक सत्रबाट शैक्षिक सत्र नियमित हुने छ’, उनले भने। चालू शैक्षिक सत्र गत जेठ १ गतेबाट शुरु भएको थियो। हालसम्म देशभर ३५ प्रतिशत पाठ्यभार सकिएको उनले बताए।

 

यस्तो छ- हिमाली क्षेत्रको पठनपाठन अवस्था

हिमाली क्षेत्रमा फागुनबाट शैक्षिक सत्र शुरु भई मंसिर महिनामा सकिन्छ तर कोभिडका कारण अझै त्यहाँ पनि शैक्षिक सत्र लयमा फर्किन सकेको छैन। हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका शिक्षा शाखा प्रमुख जयरुद्र ढकालका अनुसार गत वर्ष साउन महिनाबाट हिमाली क्षेत्रमा शैक्षिक सत्र शुरु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर