ताप्लेजुङको खेजिनिमका ७५ विद्यार्थीलाई झोला उपलब्ध गराईयो - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिमका ७५ जना विद्यार्थीलाई झोला उपलब्ध गराइएको छ ।

 

६० औँ ईन्जिनियर दिवसको अवसरमा ताप्लेजुङमा कार्यरत ईन्जिनियरहरुले झोला उपलब्ध गराएको ईन्जिनियर नन्द ओझाले बताउनुभयो । उहाँका अनुसार खेजिनिमका चवाखु आधारभुत विद्यालय र सिगु आधारभुत विद्यालयमा कक्षा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय आउँदा–जाँदा पुस्तक बोक्न प्रयोग गरिने झोला उपलब्ध गराइएको हो । बिहीबार एक कार्यक्रमकाबीच उक्त झोला फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रालाई हस्तान्तरण गरिएको छ । उपााध्यक्ष साम्राले चाँडै नै उक्त झोला विद्यार्थीहरुलाई हस्तान्तरण गर्ने बताउनुभयो । उपाध्यक्ष साम्राका अनुसार उक्त झोला कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीले प्राप्त गर्नेछन् ।

 

जिल्लामा कार्यरत २५ जना ईन्जिनियरले करिब ८० हजार रुपैँया संकलन गरी झोला खरिद गरी उपलब्ध गराइएको ईन्जिनियर ओझाले जानकारी दिनुभयो । दिवसकै अवसरमा गत साल फुङिलङ सुस्त श्रवण भएका विद्यार्थीहरुलाई ग्यास चुल्हो, लुगा कपडा धुने यन्त्र लगायतका सामाग्री उपलब्ध गराइएको बताइएकाृ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय