स्थानीयवासी र प्रहरीबीच झडप, ३ राउन्ड हवाई फायर - Epathivara

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा स्थानीयवासी र प्रहरीबीच आज मङ्गलवार झडप भएको छ । स्थानीयवासी घुरन साहको घरमा अवैधरूपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।

 

तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । झडपमा परेर प्रहरी र केही स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरेकाे छ । स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गर्दा तीन प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर