पाँचथर — कक्षा ५ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले जानकारी दिए । थापाका अनुसार भारतको दार्जिलिङ घर भइ सोही विद्यालयमा कार्यरत शिक्षक ठटालले भदौ ३ गते साँझ सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत एक छात्रालाई बलात्कार गरेका थिए ।
घटनाका विषयमा पीडितका आफन्तले जाहेरी दिएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी भदौ ५ गते पाँचथर जिल्ला अदालतमा बुझाएर म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको पाँचथर अस्पतालमा स्वास्थ परिक्षण गरिएको छ ।
यो पनि पढ्नुहोस
बलात्कार आरोपी कराँतेका दुई प्रशिक्षक पुर्पक्षका लागि थुनामा
विराटनगर — सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
मोरङ कराँतेका स्थायी प्रशिक्षक विराटनगर–३ का ५० वर्षीय विनोद राउत र ४ का ५० वर्षीय सुरज सुवेदीलाई सोमबार न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बुढाथोकीले वताए । उनीहरू १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । सुनसरी इटहरीकी ती किशोरीले राउत र सुवेदीले आफूलाई पटक–पटक सामूहिक बलात्कार गरेको उजुरी गरेकी थिइन् । किशोरीले उनीहरुले भिडियोसमेत खिचेको बताएकी छिन् ।