कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, भाद्र ३ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब साढे दुईमहिनादेखि मौसमका कारण अवरुद्ध भएको उडान आजदेखि सुरु भएको छ ।
नेपाल एयरलाईन्सको जहाजले काठमाडौबाट ७ जना यात्रु लिएर आएको र ताप्लेजुङबाट ५ जना पठाइएको विमानस्थलका कार्यलय प्रमुख लोकेन्द्र हाङगाम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार अब शातामा सोमबार, बुधबार र शुक्रबार गरि ३ पटक उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलय प्रमुख लिम्बुले जानकारी दिनुभयो । ताप्लेजुङबाट काठमाडौँ सम्मका लागि हाल ९ हजार २०० रुपैँया भाडादर कायम गरिएको समेत लिम्बूले बताउनुभयो । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेतापनि मौसमकै कारणले जहाज आउन नसकेपछि उडान बन्द भएको थियो । उडान बन्द भएपछि यात्रुहरु मारमा परेका थिए ।
यस्तै सीता एयरले समेत शातामा सोमबार र शुक्रबार उडान भर्दै आएको थियो । मौसमकै कारण बन्द भएको उडान फेरि कहिलेदेखि सञ्चाल गर्ने भन्नबारे यकिन भईनसकेको सिरी खड्काले बताउनुभयो ।