ओमेन्सा राई
ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिदिङवा गाउँपालिका ६मेहेले का तेजबहादुर लिङदेनका ६ वर्षीय छोरा बिबेक लिङदेन रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब साढे ४ बजे पेसुवा खोलामा पौडी खेल्न क्रममा डुबेर निधन भएको हो । घरबाट एक्कासि हराएका बालकलाई खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको हो ।